Wednesday, October 3, 2012

कथा तिम्रो र मेरो


संसारको कुनै पनि शक्तिले जित्न नसक्ने, अनि कसैले पनि रोक्न र छेक्न नसक्ने तिम्रो र मेरो सम्बन्ध । सबैले सधैँ प्रशंसा र ईष्र्या गर्ने हाम्रो सम्बन्ध । भेटिनु र छुटिनु त समयको रित नै रैछ । भेटियौँ तिमी त्यहि रित अनुसार अनि छुटियौँ तिमी त्यहि रित अनुसार । यसमा तिम्लाई भन्नु पर्ने कुनै कुरा छैन, न त छ तिम्रो परिवार जसले तिम्रो र मेरो सम्बन्धलाई कुनै समय आँखा चिम्लेर स्वीकार गरेको थियो, अनि भन्नु छैन समाजलाई । भन्नु छ मात्रै यहि रिती अनि यहि समयलाई जसले हामीलाई मिलायो अनि छुटायो ।

अचम्म लाग्छ तिमीसँग भेट भएको दिन सम्झदा अनि अचम्म लाग्छ तिम्रो र मेरो छोटै समयमा झांगिएको सम्बन्ध सम्झिदा । तिम्लाई पनि त थाहा थियो नी म त्यो ठाँउको लागि नितान्त नौलो थिए, अनि थिए त्यहाँको संस्कार र संस्कतिसित अपरिचित । तिमीलाई जहाँ र जुन रुपमा भेटेको थिए त्यतिबेला त तिम्लाई देख्दा कस्तो मान्छे रैछ नयाँ केटी त देख्नै नहुने जस्तो लागेको थियो । किनकी तिम्ले मलाई म बोल्ने वित्तिकै जिस्काएका थियौँ । जुन कुरा मलाई पटक्कै मन पर्दैनथ्यौँ ।

आजै जस्तो लाग्छ मलाई स्थानीय एफ. एम स्टेशनमा तिम्रो र मेरो कथा प्रशारण भएको । मेरो कथा थियो क्यारे कार्यक्रमको नाम । कति मन परेको तिम्रो र मेरा कथा सबैलाई एक पटक हो र दुईदुई पटक प्रशारण भएको थियो । कथा प्रशारण भएपछि बजारभरी तिम्रो र मेरो सम्बन्धको चर्चा चैतको हुरी जस्तो फैलिएको थियो । अनि तिम्रो गाउँको त्यो बजारको बाटो तिमी र म सँगै अफिस जादा र आउदा सबैले कस्तो राम्रो जोडी भन्दै छड्के हानेको सम्झदा कता कता मनमा त्यहि दिनको सम्झनाले कुतकुताउछ, अनि हेर्छु यता उता तिमी कतै यतै पो छौँ की भनेर अनि आफैलाई देखेर हाँस्न मन लाग्छ ।

विहान होस् या साझ मलाई एक्लै छु भनेर डराउनु पर्दैनथ्योँ । किनकी म तिम्रै साथमा हुन्थे । अझ तिम्लाई थाहा छ मलाई रमाईलो लाग्ने कुरा , अचम्म पनि लाग्थ्यौँ म हिड्न नजानेर लड्दा तिम्लाई दुख्थ्यौँ कस्तो अचम्म लड्ने म दुख्ने चैँ तिम्लाई रे । हाम्रो कथामा पनि तिम्ले लेख्ने पालोमा तिमी यहि कुरा लेखेको हुन्थ्योँैँ । जहाँ तिम्रा यि भावहरु म् प्रष्टै देख्थेँ । सुरुमा त मलाई त्यो सबै कुराहरु कुनै वास्ता नै हुदैनथ्योँ । तर विस्तारै कथाले गति लिन थालेको थियो । जब तिमी आफ्नो गाँउको घर जान थाल्यौँ तव मलाई कता कता तिमी मेरै हो की भन्ने आभाष हुन थालेको थियो । अझ त्यो भन्दा पनि तिमी काठमाडौँबाट अफीसको सामान लगेर जादा पो बल्ल मलाई तिमी विनाको जीवन कतै खल्लो त हुने हैन जस्तो लागेको थियो ।

थाहा छ तिम्लाई त्यो दिन तिमी आएको कुरा सुनेर म अफीस जान कति हतारिएकी थिए । म अफीस पुग्दा तिमीले टाउकोमा रुमाल बाँधेर एन्टेना मिलाउदै थियाँै । अनि निहुरिएरै यसो मलाई हेरेका थियौँ । त्यति बेला हाम्रा दुई आँखा एक भएका थिए । एन्टेना हातबाट खस्दा बल्ल तिमीले आफुलाई सम्हालेका थियौँ । यता मेरो हालत पनि त त्यस्तै थियो नी । टाउकोमा रुमाल बाँधेको तिमी साँच्चिकै राम्रो देखिएको थियौँ । मैले साच्चि भनेको तिमी त्यो बेला साह्रँै राम्रो देखिएको थियौँ ।

त्यसरी नै हाम्रो कथा अगाडि बढेको थियो । तिम्रो अनि मेरो दुबैको घरले मौन स्वीकृति दिईरहेको थियो । त्यसैले पनि होला हामी कसैको डर विना निर्धक्क रुपमा आफुलाई अगाडि बढाईरहेका थियौँ । प्रतिस्प्रधा थियो कस्ले धेरै माया गर्ने भन्ने कुरामा । त्यो कुरा हामीले नबुझेको पनि कहाँ हो र, बुझ्दा बुझ्दै पनि हामी त्यो प्रतिस्प्रधालाई कायमै राखीरहेका थियो । शब्दमा व्यक्त गर्न नसकिने मायाहरु हामी गर्दैथियो । कति जोडीहरु हाम्लाई देखेर भुतुक्क हुन्थेँ । अनि भन्थेँ संसारमा कसैको नभएको जोडी । मलाई पनि मनमनै रिस नउठेको पनि कहाँ हो र त्यसैले भुतभुताउथेँ तिमीहरुको छ भने देखाओन किन अर्काको डाह गर्छाैँ ।

मैले तिमीलाई सुरुमै रित को कुरा गरेको थियो । त्यसैले त म आज यो तिम्रो र मेरो कथामा त्यहि कुरा गर्न खोज्दैछु । सुरुसुरुमा मात्रै त के भन्नु र सुरुका केहि बर्षमा त हामी एकअर्कामा निक्कै नै हरायौँ । तिमी काम विशेषले तिम्रो गाँउ छोडेर शहर आयौँ अनि म तिम्रै गाउमा काम गर्दै थिए । बाटोमा हिड्दा पनि सबैले तिम्रै बारेमा सोधेर हैरान पार्थे । मलाई त त्यो बजारको बाटो हिड्न पनि समस्या हुन थालेको थियो । कति सबैलाई प्रष्ट पार्दै जानु तिम्रो र मेरो सम्बन्धको बारेमा । मलाई तिमी गए पछि त्यो बाटो सुनसान लाग्न थालेको थियो । कति दिन त काममा ध्यान जानै सकेन कति पटक गाली पनि खाए तर विस्तारै आफुलाई त्यहि माहोलमा समाहित गर्दै लगेँ । तिमीले भनेका हरेक शब्दहरुलाई मनमा लुकाएर राखेँ । तिम्ले भनेका थियौँ तिम्रो साथ पाए भने म संसार जित्ने आँट गर्नेछु । अनि भन्थ्यौँ समझदारी दुईतर्फी हुनुपर्छ अनि बल्ल अगाडि बढ्न सकिन्छ । म त्यहि तिम्रो कुरालाई सम्हालेर राख्दै आफ्नो एक्लोपनलाई हटाउदै थिए । अनि तिमी हिड्ने बेला मेरो मायालाई सम्हाली राख्नु भनेको कुरालाई पनि मर्न नदिई मनको कतै कुनामा राखेकी थिए ।

सधैँ आफुले सोचेको जस्तो कहाँ हुने रहेछ र ? सँगै मर्ने बाँच्ने बाचाबन्धन गरेका हामी छुटिन त कहाँ पो मन हुन्छ र । मैले सोचेको पनि थिईन सायद तिमीले पनि सोचेको थिएनौँ होला समय यति निष्ठुरी छ भनेर । यो दिन आउछ भनेर कल्पना पनि गरेको थिएन । अनि सोचेको थिईन कि म एकदिन तिमीबाट टाढा हुनु पर्छ भनेर । हो समय निकै बलवान रहेछ । तर कसरी भन्नु समयलाई बलवान समय त निष्ठुरी पो रहेछ । कसैको खुशी नचाहने । जस्ले तिम्रो र मेरो खुसी खोसेर लग्यो । संसारलाई नै सुन्य पारेर गयो । यो सुन्य संसार र सुन्य जीन्दगी लिएर तिमी एउटा किनारमा छौँ म अर्काे किनारमा । अझैँ पनि एकअर्कालाई निर्दोष अनि भाव सुन्य आँखाले हेर्दै नदिको दुईकिनार एक हुने आशामा छौँ । थाहा छैन कहिले आउछ त्यो दिन जसले दुईकिनारलाई मिलाउछ, थाहा छैन छुटिएका दुई प्राणीको मिठो मिलन गराउछ । भन्छन बगेको खोला पनि १२ बर्ष पछि फर्कन्छ रे थाहा छैन यो समय फर्कन्छ फर्कदैन ।

माया भन्ने कुरा नै कस्तो हुने रैछ । कति बेला कहाँ कसरी हुन्छ भन्ने कुरा नै थाहा नहुने । नत तिमीले भन्यौँ नत मैले नै भने । आफैँआफैँ अनि भित्रैभित्रै बढिरहने रैछ । कसैले तलाई त्यो केटाले मन पराउछ वा त्यो केटीले मन पराउछ भनेको कुरा मन नपर्ने म आफैँ नै मायामा पो परेको रैछु । त्यो पनि निस्किनै नसकिने गहिराई भित्र पसेर । जहाँबाट निस्कन म सबैभन्दा ठुलो चुनौती मानेको थिए । कथालेख्दा लेख्दै बढेको हाम्रो सम्बन्ध एकादेशको कथा जस्तै गरी सकियो ।

1 comment:

  1. संसारको कुनै पनि शक्तिले जित्न नसक्ने, अनि कसैले पनि रोक्न र छेक्न नसक्ने तिम्रो र मेरो सम्बन्ध । सबैले सधैँ प्रशंसा र ईष्र्या गर्ने हाम्रो सम्बन्ध । भेटिनु र छुटिनु त समयको रित नै रैछ । भेटियौँ तिमी त्यहि रित अनुसार अनि छुटियौँ तिमी त्यहि रित अनुसार । यसमा तिम्लाई भन्नु पर्ने कुनै कुरा छैन, न त छ तिम्रो परिवार जसले तिम्रो र मेरो सम्बन्धलाई कुनै समय आँखा चिम्लेर स्वीकार गरेको थियो, अनि भन्नु छैन समाजलाई । भन्नु छ मात्रै यहि रिती अनि यहि समयलाई जसले हामीलाई मिलायो अनि छुटायो । yo lain ta malai lastoi man pareo ani mero life saga mildo rahe xa

    ReplyDelete