Wednesday, October 3, 2012

कथा तिम्रो र मेरो – २

माया भन्ने कुरा नै कस्तो हुने रैछ । कति बेला कहाँ कसरी हुन्छ भन्ने कुरा नै थाहा नहुने । नत तिमीले भन्यौँ नत मैले नै भने । आफैँआफैँ अनि भित्रैभित्रै बढिरहने रैछ । कसैले तलाई त्यो केटाले मन पराउछ वा त्यो केटीले मन पराउछ भनेको कुरा मन नपर्ने म आफैँ नै मायामा पो परेको रैछु । त्यो पनि निस्किनै नसकिने गहिराई भित्र पसेर । जहाँबाट निस्कन म सबैभन्दा ठुलो चुनौती मानेको थिए । कथालेख्दा लेख्दै बढेको हाम्रो सम्बन्ध एकादेशको कथा जस्तै गरी सकियो । यसरी अन्त्य भएको थियो सम्बन्ध ।
सुन्न त सुनेको थिए १२ बर्ष पछि खोला पनि अर्काे तिर बग्छ भनेर, सत्य र साँचो भए जे पनि आफ्नो बसमा हुन्छ भनेर । तर पनि आशा मारेको थिए । मनबाट निकाल्ने प्रयास पनि गरेको थिए । मान्छेको मन नै त हो नी सजिलै कहाँ सकिन्छ र भुल्नलाई । हरेक पल हरेक क्षण याद आईरहन्छ । हरेक पल सताउथ्यौँ उसको यादले तर पनि आफुलाई सम्हाल्दै थिए । अनि बनाउदै थिए कमजोर मेरो मनलाई अलि बलियो । सम्हाल्दै थिए आफुलाई तर पनि अलि गाह्रो नै परिरहेको थियो ।
एकदिन यत्तिकै उसकै तस्विर अगाडि राखेर बसिरहेको थिए । अनायासै मेरा दुई निर्दाेष आखाबाट आशु तपतप चुहिरहेको थियो । अरु त के मलाई त्यहि चुहिएको आशु पुछ्ने मन थिएन । किनकी म कहिले काही उस्को अगाडि रुदा उसले आफै पुछिदिन्थ्यो । तर आज मेरो साथमा उ थिए खाली उसका केही यादहरु मत्रै बाँकी थियो । त्यतिकैमा मेरो मोवाईलमा रिङ्गटोन बज्यो । वास्ता नै लागेन । लगातार चार पाँच पटक रिङ्ग बजे पछि दिक्क लागेर फोन काटिदिए । अनि एकछिनमा म्यासेज आयो अल्छि लागि लागि म्यासेज हेरे अचम्म लाग्यो । म्यासेजमा प्लीज काली फोन उठाउ म तिमीलाई माया गर्ने मान्छे । तिम्लाई थाहा छ म तिम्लाई कति माया गर्छु । मलाई त्यो म्यासेजले कहि कतै छोएन । फेरी फोन आयो मैले फेरी पनि फोन उठाईन । मलाई विश्वास नै लागेन की उसले मलाई फोन गरेको छ भनेर । कता कता त्यो लेखाई देख्दा हो की जस्तो पनि नलागेको हैन तर पनि मलाई किन किन उ हैन जस्तो लाग्यो ।
फोन र उसको फोटो एकातिर कुनामा थन्काएर म साथीको मा गए । तर त्यहाँ पनि एकछिन बस्न मन लागेन । फेरी घरमै फर्के । यसो मोवाईल हेरेको त कति कति मिसकल र म्यासेज । म्यासेज हेर्दै गर्दा फोन आयो । को रैछ त भन्ने सोचेर फोन उठाए अनि उताबाट नबोल्दासम्म बोलीन सुनिरहेँ । म निश्चित भए की उ उहि थियो । जो केही समय अगाडि म भन्दा धेरै टाढा गएको थियो । उसको स्वर एकदमै कामिरहेको थियो भन्दै थियो काली मलाई थाहा छ तिम्ले मलाई माफ गर्दैनौँ तर पनि फोन नराख मेरो कुरा सुन । म उसको हरेक कुरा थाहा पाउथेँ । उ रोएर पनि हाँस्ने प्रयास गर्दैथियो । आफ्नो रुवाईलाई रोक्न खोज्दै थियो तर पनि उसको हिक्कहिक्क मैले प्रष्ट सुनिरहेकी थिए । अचम्म लाग्यो आज उस्लाई के भयो । सोध्न मन लागेको थियो के भयो भनेर भन्न मन लागेको थियो नरोउ म छु नी तिम्रो साथमा भनेर तर ज्यान जाला मेरो मुखबाट बोली निस्कीएन ।
फोन राखेँ । एकदमै रुन मन लाग्यो घरमा कोही थिएन त्यहि मौकाको फाईदा उठाए । सिरकले मुख छोपेर धेरैबेर रोए । आनन्द भयो । अनि कता कता रुदै गरेको उ यतै कतै छ की जस्तो लाग्यो अनि सबै म्यासेज पालैपालो हेरे । पहिले जस्तै उ मेरै हो जस्तो अनुभव भयो । अनि म्यासेज रिप्लाई गर्न मन लाग्यो तर आफुलाई सम्हाले । बेलुका खाना खान पनि मन लागेन । खाली फोनमा रोएको उस्को नै याद आईरह्यो । आफैले फोन र म्यासेज गर्न सकिन । राती भए पनि फोन गर्छ की भन्ने कताकता लागिरहेको थियो । सधै मोवाईल अफ गरेर सुत्ने म त्यो दिन गरिन । यत्तिकै सुते ।
निदाउन जति प्रयास गरे पनि सकिरहेकै थिएन । फोनकै प्रतिक्षामा बसिरहेको थिए । त्यतिकैमा मोवाइलमा फोन आयो हतार हतार हेरे उस्कै रहेछ । उठाए तर बोल्ने कुनै शब्द नै पाईन । उ एकोहोरो बोलीरहेको थियो उ प्रमाणित गर्न खोज्दै थियो माया गर्छु भनेर । भन्दै थियो कथा लेख्दा सुरु भएको हाम्रो माया म कथा जस्तै अन्त्य गर्न थाहान्न । तिमी मलाई बुझ्ने कोशिस गर । मलाई थाहा छ तिमी मलाई माया गछौँ भनेर भन्दै विगतका कुराहरु सम्झाउदै थियो । भन्दै थियो रेडियोमा कथा प्रशारण हुदा दुवै जना घरभन्दा टाढा डाँडामा बसेर रेडियो सुनेको...अनि थुप्रै थुप्रंै कुराहरु । अनि अन्तिममा उ भोली काठमाडौँ आउदै गरेको र भेट्न चाहेको कुरा गरेर फोन राख्यो फेरी पनि म उसँग केही बोल्न भन्न सकिन । भन्न मन थियो चिच्याएर म पनि तिमीलाई माया गर्छु भनेर तर पनि खै किन मुखबाट आवाज नै निस्केन ।
भोली विहान उ आउने समय कुरेर बसे । बसपार्क आउने वित्तिकै उसको फोन आयो । म उसको फोन आउनु भन्दा पहिले नै बसपार्क पुगेकी थिए । उसलाई मन पर्ने कुर्ता लगाएर । मैले बसमै उसलाई देखे लाग्यो दौडेर गएर उस्लाई भेटुँ तर त्यसो गरिन । फोन नउठाई बसबाट ओर्लिदै गरेको उसको व्याग समात्न पुगे । सायद उसले सोचेको पनि थिएन होला म त्यहाँ छु भनेर उ अचम्म प¥यो । हामी एकछिन एकअर्कालाई हेरेको हे¥यै भयो । उसले सोच्दैथियो होला अरुबेला जस्तै भेट्ने वित्तिकै अँगालोमा हालेर एकछिन रुन्छे । मन त मलाई पनि लागेको थियो तर तर खै केले रोक्यो । एकछिनको मौनतालाई चिर्दै उस्ले भन्यो यहि नै बस्ने हो की जाने हो ? बिस्तारै जाने भनेर हिडेँ ।
पहिलो पटक भेट्दा भन्दा पनि हामी अझैँ अन्जान जस्तै भएका थियो । एकले अर्काको मुखमा हेर्ने अपरिचित जस्तो । मैले त यो दिन आउला उसको र मेरो भेट होला भनेर कहिले पनि सोचेको थिइन । पृथ्वी गालो छ एकदिन अबश्य भेट हुन्छ भनेर खै कुन नेपाली फिल्ममा सुनेको थिए । तर आज मेरो जीवनमा त्यस्तै भएको थियो । खोलाको दुई किनार जस्तो कहिले नमिल्ने कहिले नभेटिने गरी टाढा भएको हाम्रो सम्बन्ध फेरी एक भएको थियो । साँच्चिकै जीवन नाटक हो भन्थे मलाई त्यस्तै लाग्यो । मैले त कहिले पनि सोचेको थिएन कि हामी फेरी एक हुन्छौँ । हाम्रो कथाको पात्र जस्तै हुन्छौँ भनेर ।
मलाई विश्वास नै लागिरहेको थिएन कि हामी सँगै छौँ भनेर । लागेको थियो कथासँगै हाम्रो यात्रा पनि सकियो की भनेर तर हैन रहेछ । यात्रा गर्न अझैँ बाँकी रहेछ । खोलाको किनार एक होस् या नहोस तर हामी एक भएका थियौँ । मलाई लाग्दै थियो कथा लेख्दाको समय र अहिलेको समय एउटै भएको छ । निस्कनै नसकिने गहिराईमा फसेकी म अझ गहिराईमा पुगेँ । त्यो गहिराई दुख्खको थिए त्यो गहिराई विछोडको थिएन थियो त गहिराई मायाको थियो उसको न्यानो साथको थियो । थाहै नपाई कथा लेखेको कथा थाहै नपाई बसेको माया थाहै नपाई बढेको तिक्तता एक दिन फेरी बहार भनेर आयो । अहिले त लाग्छ त्यो कथाका पात्र रमा र प्रनिल कतै हामी नै त होईन । कतै त्यहि पात्रको खुसी जस्तै हाम्रो खुसी फर्केर आएको त होईन । हो प्रनिल तिम्रो रमा जति खुसी थिई तिम्लाई पाएर अहिले म पनि त्यति नै खुसी छु । खोलाको दुई किनारा फेरी एक भएको छ एकादेशको कथा हाम्रो कथा भएको छ ।

No comments:

Post a Comment