Monday, July 8, 2013

गजल


हरेक कुरा भन्नै पर्छ भन्ने पनि त छैन प्रिय
सबै कुरा सुन्नु पर्छ भन्ने पनि त छैन प्रिय
थाहा त छ नी तिम्लाई कत्ति माया गर्छु भन्ने
दुनियालाई देखाउनै पर्छ भन्ने पनि त छैन प्रिय
मनको कुरा मनमै राख  नदेखाउ अरुलाई
सबैको सामु खुल्नै पर्छ भन्ने पनि त छैन प्रिय
दुनियाले के के भन्यो, त्यस्ले हाम्लाई के गर्छ र
सबैको कुरा सुन्नै पर्छ भन्ने पनि त छैन प्रिय
तिमी र म एकभयौँ, मुटु पनि त एउटै हो
हामी एक भाको कुरा भन्नै पर्छ भन्ने पनि त छैन प्रिय

3 comments:

  1. धेरै भयो सानु ,तिमिलाई मैले कुराको ।।
    हुन्छ हुन्छ भन्दै ,होइन नि सानि तिमिलाई झुलाको ।।।
    कति सारो पर्छ ,सानि अरूको जोडि देख्दा
    बिवस्ताले गर्दा हो मनको कुरा लुकाको ।।
    हुन्छ हुन्छ भन्दै ,होइन नि सानि तिमिलाई झुलाको ।।।
    थाहा छ जवानि धान्न गारो भएको छ तिमिलाई
    मैले पनि त तिम्रै लागि साचेको छु जवानि काहा छ र उडाको ।।
    हुन्छ हुन्छ भन्दै ,होइन नि सानि तिमिलाई झुलाको ।।।।।
    नभनन सानि माया लाग्दैन , तिम्रो मलाई भनि
    तिम्रै मायाले नै त छनि अहिले सम्म ढुक-ढुकि चलेको ।।।।
    हुन्छ हुन्छ भन्दै ,होइन नि सानि तिमिलाई झुलाको ।।।।।।।
    यत्रो साल त कुरै अब त ८ महिना नहो कुर
    २०७२ माघको पक्का भगवनले छ हाम्रो लगन जुराको।।।।
    धेरै भयो सानु ,तिमिलाई मैले कुराको ।।।
    हुन्छ हुन्छ भन्दै , होइन नि सानि तिमिलाई झुलाको ।।।।

    ReplyDelete