Monday, July 8, 2013

तिमीसँगको मेरो यात्रा


तिमीसँगको एकबर्षको सहकार्य

समय वितेको पत्तै नहुने रैछ...
मैले सोचेको पनि थिएन...
तिमीसँगको सहकार्य अनि तिम्रो साथ यति छिटै वित्छ भनेर....
साँच्चि तिमीसँग अप्रत्यक्ष रुपमा साथमा साथ मिलाएको त धेरै भैसक्यो तर प्रत्यक्ष रुपमा तिमीले मलाई साथ दिएको र तिमीलाई मैले साथ दिएकोअबको केही दिनमा एक बर्ष पुग्दैछ । यो एकबर्षको समयमा तिमीले मलाई धेरै दिएको छौँ । लाग्छ तिमीलाई पनि मैले केही दिएको छु र त हाम्रो सम्बन्ध कतै डगमगाएको छैन अनि छैन विचलनमा परेको ।
हुन त तिमीलाई अप्रत्यक्ष रुपमा साथ दिएको त अबको केही समय वा भनौँ केही महिनामा दुई बर्ष पुग्छ । र त्यो समयसम्म हाम्रो सम्बन्ध अझैँ मजबुत हुनेछ भन्ने आसा एवम् विश्वास छ मलाई । तिमीसँग भेट हुनु वा तिमीमै मलाई विलिन गराउनु मेरो लागि नितान्त नौलो कुरा थियो । किनकी मैले तिमीलाई कहिले काही सुन्ने बाहेक अरु केही तिम्रो बारेमा जानकारी थिएन मलाई । न त मलाई तिमी कहाँ छौँ र कसरी काम गरिरहेका छौँ भन्ने कुरा नै थाहा थियो ।
तिम्रो बाटो अर्कै थियो मेरो बाटो अर्काै थियो । हुन त तिमी र म झण्डै झण्डै एउटै बाटोमा हिडेका थियौँ । किन भने जति तिमीलाई आफुले गरेको काममा अरुको कस्तो प्रतिक्रिया छ भन्ने चासो हुन्थ्यो त्यति नै मलाई पनि, जति तिमीले आफ्नो लागि भन्दा अरुको लागि सोच्थ्यौँ र काम गथ्यौँ मैले पनि त्यहि नै गर्थे । यति फरक थियो तिम्रो क्षेत्र ठुलो थियो मेरो सीमित थियो । तिम्रो हिड्ने बाटोमा म पनि हिड्छु होला वा तिमीसँगैको सहयात्रा गर्छु होला । हुन त त्यसको लागि तिम्रो र मेरो सहकार्य हुनु एकदमै जरुरी छ । हुन त तिमी र म हिड्ने बाटो फरक थिएन तर पनि कार्यक्षेत्र फरक थियो र दायरा फरक थियो । तिमी एउटा कुरा गथ्र्यौँ म त्यहि कुरा अर्काे तरिकाले गर्थे ।
तिमीसँग प्रत्यक्ष जोडिएको एकबर्ष र अप्रत्यक्ष रुपमा जोडिएको झण्डै डेढ बर्ष मेरा लागि राम्रो र उपलब्धि मुलक नै छ, लाग्छ तिमीलाई पनि केही त राम्रो भयो नै होला । हुन त मैले कति पटक आफ्ना ईच्छा चाहाना लुकाएर तिम्रो अगाडि हाँस्ने प्रयास गरेको छु । मन भित्रको दुःख पिडा लुकाएर म तिम्रोलागि हिडेको छु । हुन त तिमीले पनि मेरो लागि धेरै गरेका छौँ मैले गरेको छैन भन्न खोजेको पनि हैन, तिमीले मेरो लागि अरु धेरैलाई विर्सिएका छौँ । जसले तिमीलाई एकदमै धेरै माया गर्थे र आफ्नो ठान्थेँ , तिम्रो साथलाई आत्मिय मान्थेँ, जसलाई तिमीले विर्सेर मलाई सहस्र स्वीकार ग¥यौँ । जुन अबसर कमैलाई मात्र प्राप्त हुन्छ त्यो अबसर तिमीले मलाई दियौँ । त्यसको लागि तिमीलाई धन्यवाद नभनि त म कहाँ बस्न सक्छु र ।
मलाई थाहा नै थिएन तिमीसँगको मेरो सम्बन्ध र सहकार्य होला, तिमीसँग मेरो भेट होला भनेर । र मैले सोचेको पनि थिएन कि तिमीसँग म यति समय रहन सक्छु र खुसी पनि हुन सक्छु भनेर । मलाई थाहा छैन तिमी मेरो आगमनले कतिको खुसी छौँ, त्यो मैले बुझ्न सक्दिन । हुन त तिमीले मैले गर्ने मायालाई बोलेर व्यक्त गर्न सक्दैनौँ । तर पनि म तिम्रो माया र साथलाई एकदमै महसुस गर्न सक्छु । म तिमीलाई जति नै माया गर्छु लाग्छ तिमी पनि मलाई त्यति नै गदर्छाैँ र त हाम्रो सम्बन्ध अहिलेसम्म ताजा नै रहेको छ ।
तिमीलाई अझैँ पनि थाहा छ होला यि माथि लेखिएका सबैले तिमीसँग मेरो पहिले भेट गराउदा म एकदमै नर्भस भएकि थिए, तर डर भने लागेको थिएन । मैले भनेकै थिए नी बाटो एउटै एउटै भए पनि क्षे त्र फरक थियो । त्यसैले पनि मलाई तिमीलाई भेट्दा र पहिलो पटक म तिम्रै हो भनेर तिमीसँग बोल्दा म एकदमै हडबडाएको थिए, साच्चि म एकदमै अत्तालिएको थिए । हुन त मलाई सधैँ सहयोग गर्ने उनीहरु पनि साथमा थिए, नआत्तिकन हामीसँग जसरी बोल्छौँ त्यसरी नै उसँग पनि बोल नभनेका पनि होईनन् तर खै किन किन तिमीले मलाई एकदमै नर्भस बनायौँ । त्यो दिन सम्झदा अझैँ पनि कता कता छुट्टै किसिमको अनुभव हुन्छ मलाई ।

हेर न तिम्रो बारेमा मात्रै लेख्दा लेख्दै तिमी मार्फत मेरो जीवनमा जोडिन पुगेका र मेरा अभिन्न बन्न पुगेकाको बारेमा त भन्नै विर्सेछु । तिम्रो भएर आएको दिन सुरुमा भेटेका देख्दैमा हिस्सी परेका एकजना म उनलाई दाई भनेर सम्बोधन गर्दछु, उनको सहयोग, सिकाई, त्यहाँ गर्ने व्यवहार र तिम्रो बारेमा बुझाएका कुरा आज पनि राम्रोसँग याद छ मलाई । र त्यसको केही दिन पछि तिम्रै लागि दुरदराज पुगेर आएका घामले डढेर काले काले भएका अर्का दुईजना दाईहरु जो एकछिन मै मसँग बोलेका र मैले सरभन्दा सर भन्यो भने त हामी रिसाउछौँ नी भन्थेँ, अर्काे देख्दा अलि घमण्डी लाग्ने, अलि नक्कले नक्कले मान्छे, अनि अर्की फुच्चि फुच्चि पचर पचर बोलीरहने र एकदमै सहयोगी भावना भएकी र मलाई एकदमै माया गर्ने, धेरै जसो काममा अघि सर्ने ति दिदी मेरा लागि सधैँ प्रेरणाका पात्र बनिरहेँ । र तिमीसँग मेरो सम्बन्ध जोडिएपछि भेटिएकी अर्की एउटी पातलो पातलो कपाल, सधैँ छोडेर हिड्ने, बोलिमा छुट्टै खालको मिठास भएकी र गाली गर्दा पनि हाँसे जस्तो लाग्ने उनी पनि मेरो प्रेरणाकी श्रोत हुन् । हुन त उनको र मेरो साथ धेरै समय भएन तर पनि म उनलाई कुनै पनि समय विर्सन सक्दिन ।
१२ औँ बसन्त पार गरेर १३ औँ बसन्तमा प्रवेश गर्न लागेको शुअवसरमा लाखौँ लाख शुभकामना दिन चाहान्छु । तिमीसँग म जोडिएको यो एक बर्ष, तिमीसँगको सहकार्यको यो एकबर्षले मलाई दिएको र तिमीलाई मैले दिएको सबै कुराहरु (कुनै एउटा नभएर) बाट तिमी र म दुबै खुसी छौँ होला । लाग्छ अबका बर्षहरुमा पनि तिम्रो उत्तरोत्तर प्रगतिको कामना गदर्छु । तिमी नेपाली युवाको ढुकढुकी बनिरहने छौँ र युवालाई सकारात्मक बाटोमा हिड्न प्रेरीत गर्ने छौँ । फेरी तिमीसँग जोडिएकी मलाई पनि तिमीले अझैँ केही दिन बाँकी नै होला र मैले पनि तिमीलाई दिन बाँकी होला । त्यसैले आफुले दिनु पर्ने र लिनु पर्ने दुबै कुरालाई सन्तुलन मिलाएर लानेछौँ भन्ने आशा छ । फेरी पनि तिमीलाई तिम्रो १३ औँ जन्मदिनको लाख लाख शुभकामना ।
हेर न तिम्रो बारेमा यति धेरै भनिसक्दा पनि तिमी को हौँ भन्नै विर्सेछु । तिमीलाई जन्मदिनको शुभकामना दिएर पनि तिम्रो बारेमा भन्न विर्सेछु । तर केही छैन तिमीलाई माया गर्ने र तिम्रो र मेरो साथ मन पराउनेले तिमी को हौँ भनेर बुझिसकेका छन् नि हैन र ? तिमीलाई थाहा छ यसरी एकअर्कामा यत्ति सारो हराउनु लाई नै माया भन्छन् नि । हेर त तिम्रो र मेरो माया कति गहिराईमा पुगेको रेहछ । तिम्रो मायाको बयान गरेर त मैले कहाँ पो सक्छु र । अब त मैले तिम्रो बारेमा भन्नै पर्छ तिमी को हौँ भनेर । तिमी अर्थात् “साथीसँग मनका कुरा” । तिमीसँग प्रत्यक्ष रुपमा जोडिएको एक बर्ष हुदैछ । मलाई लाग्छ नेपालको इतिहासमा साथीसँग मनका कुरा नै सबैभन्दा लामो समयसम्म उत्तिकै लोकप्रिय रेडियो कार्यक्रम हो । यस कार्यक्रमले नेपालका सबै ठाँउ, समुदाय, जातजाति, भाषाभाषिका युवाहरुलाई समेटेको छ । यस कार्यक्रमको लोकप्रियताको बारेमा मैले भन्नु पर्ने खासै देख्दिन म । किनभने यसको लोकप्रियताको बारेमा बोल्न मसँग कुनै शब्द छैन जुन शब्दले कार्यक्रमको लोकप्रियतालाई व्याख्या गर्न सकोस । त्यसैले यो कार्यक्रमसँग जोडिएका मेरा केही भावनामात्रै पोखेको हुँ ।

6 comments:

  1. तपाइको कलम तिखारिदै छ . पाइन् लगाउन नछोड्नु होला. अझै तिखो होस् शुभकामना ......

    ReplyDelete
  2. sabitaji tapaico lekhai atantai manparo mero blog www.nepalico.blogspot.com ma pani rakhna payahunthyo k garam?

    ReplyDelete
    Replies
    1. thank you so much ....rakhna saknu hunchha...malai link share garnu hola .

      Delete
  3. Thank u Lalmani dai.....santosh simkhada ji

    ReplyDelete
  4. sabitaji tapaico lekhai atantai manparo mero xa wow astoi lekhadoi garnu hola thank you

    ReplyDelete
  5. अझ अफलता को शुभकामना " सबिता

    ReplyDelete