Thursday, September 26, 2013

सन्तान भएर पनि एक्लै र्छौँ

नमस्ते आमा बुवा,
सञ्चै हुनुहुन्छ ?  यो हाम्रो सम्बोधनको क्रम नसकिदै भित्रबाट बुढि आमा र बुढाबा बाहिर निस्केर को हो ला ? यसरी
एकाविहानै सञ्चो विसन्चो सोध्ने भन्दै बाहिर निस्कनु भयो । 
को हौ बा तिमीहरु कहाँ बाट आयौँ....“हेर त बुढि हाम्लाई पनि कोही त आउदो रैछ नी सञ्चो विसञ्चो सोध्नलाई” बुढा बाले आमालाई भन्नु भयो ।
हामी बाआमाले नभन्दै पहिले नै यहाँ बस्दा हुन्छ नी भन्दै बसिहाल्यौँ । किनभने हामी उकाली ओराली हिडेर निक्कै थाकेका थियौँ । त्यसैले पनि उहाँहरुको बस न भन्ने आग्रह कुर्न सकेनौँ र थ्याच्च बस्यौँ । आमा अलि हतारिदै भन्नु भयो किन नहुनु हुन्छ नी बस न बा । हामी दुबै जना त्यहि नजिकैको खाटमा बस्यौँ ।
अब कुराकानीको सुरुवात कहाँ बाट कसरी गर्ने भन्ने कुराको नै अलमल भयो । मलाई हामीलाई सञ्चो विसञ्चो 
सोध्ने नी कोही रहेछ भन्ने वाक्यले कता कता भित्र भित्र पोलिरहेको 
थियो । किन उहाँहरुले यस्तो भन्नु भएको होला भन्ने कुरा जान्न एकदमै मन लागेको थियो । सोध्न सकिरहेको थिएन । तर पनि कुराकानीको सुरुवात त गर्नै पर्ने थियो । अनि भन्नु पर्ने थियो हामी के 
कामले त्यहाँ गएका थियौँ भनेर । हुन त हामी त्यहाँ रेडियो मदनपोखराको कार्यक्रम किसान बोल्छले त्यहाँका किसानलाई पारेको प्रभावको बारेमा अध्ययन गर्नका लागि कलेजबाट गएका थियौँ ।
उहाँहरु हाम्रो लक्षित उमेर समुह (१४–४५) मा पर्नु हुदैनथ्यौँ । त्यहि पनि हामी त्यो घरलाई रोज्यौँ, रोज्यौँ ति आमा बालाई । जो हामीलाई देखेर घरमा भगवान आएजस्तो गरेर खुसी हुनु भएको थियो । मैले उहाँहरुलाई हामी किन र कहाँबाट त्यहाँ पुग्यौँ भन्ने कुराको जानकारी दिए पछि हाम्रो कामको लागि थोरै कुरा गरेर अरु नै कुरा गर्न थाले । मैले केही कुरा गर्न लाग्दा मसँगै गएकी मेरी साथीले ति बुढा बाआमालाई खोई त बा घरमा त तपाईहरु मात्रै हुनुहुन्छ त छोराछोरी कता हुनुहुन्छ । पढाई र कामका लागि बाहिर हो की भनेर के सोधेकी थिईन आमाले लामो सुस्केरा हालेर भन्नु भयो काँ पढाईका लागि बाहिर जानु बा, छैनन् गएका ।
अनि मलाई फेरी मनका चिसो पस्यो सोध्नै नहुने कुरा पो सोधियो की भनेर । तर पनि मलाई उहाँहरुको कुरा जान्न मन लाग्यो र छोराछोरी कति हुनुहुन्छ कहाँ हुनुहुन्छ भन्ने कुरा सोधेँ । मेरो प्रश्नको उत्तरमा आमा बा दुवैजनाले एक्कै पटक भन्नु भयो हाम्रा छोरा छैनन नानी , छोरा छैनन् । त्यहि भएर हामी एक्लै छौँ, हामीलाई सञ्चो विसञ्चो सोध्ने, खायौँ खाएनौँ सोध्ने कोही छैन, कोही छैन हाम्रो । मलाई हाम्रा छोरा छैनन् र हामी एक्लै छौँ भन्ने वाक्यले एकदमै नरमाईलो लाग्यो तर पनि सोधेँ छोरी त हुनुन्छ होला नी ।
मेरो यो प्रश्नको उत्तर उहाँका लागि खै कस्तो भयो थाहा छैन उहाँले आँखाभरी आँशु पारेर भन्नु भयो छन् बा छोरी छन् हाम्रा एउटा हैन दुई वटा हैन पाँच पाँच वटा छन्, त भएर के गर्नु हाम्लाई हेर्ने फुर्सद त कहाँ छ र उनिहरुलाई । आफ्नै घरलाई स्याहार सुसार गर्दै ठिक्क छ । बुढाबुढिलाई कस्ले हेर्छ र । छोरा भएको भए किन यो बुढेसकालमा एक्लै बस्नु पथ्र्याै र ? यति भन्दा उहाँका आँखा आँशुले छपक्कै छोपिएका थिए, गला अबरुद्ध हुदै गयो, भन्दा भन्दै आमा सुक्क सुक्क गरेर रुन थाल्नु भयो । एकछिन वातावरण स्तब्ध भयो ।
एकछिनको मौनता तोड्दै बा बोल्न थाल्नु भयो , अहिले त हामी सञ्चैँ छौँ नानी, पानी खुवाउने र सञ्चो विसन्चो सोध्ने मान्छेको खाँचो छैन । यत्तिको हुदा त आफै गर्न सक्छौँ तर बुढाबुढी नै विरामी परेर वल्लो पल्लो विस्तारामा पल्टिदा भने साहै्र नराम्रो लागेर आउछ । उहाँका फेरी गहभरी आँश भए । मलाई लाग्यो बुवाले आफ्नो दुःख पोख्दै हुनुहुन्छ र कुनै गम्भिर घटना सुनाउदै हुनुहुन्छ । हामी दुवै जना मौन थियौँ, सुन्यता छायो एकछिन । शुन्यतालाई चिर्दै आमा बोल्नु भयो । छोरीहरु सबैको विहे भैसेको थियो, घरमा कोही थिएन दुबैजना विरामी प¥यौँ, छोरीहरु फर्केर आएनन्, छिमेकीले कति नै हेर्छन् र भाग्य बलियो रैछ र बाँचियो ।
आमा र बाको छोराप्रतिको आसक्ति देखेर र छोरा नहुदा एक्लै बस्नु प¥यो भन्ने सुन्दा नरमाईलो लाग्यो । अनि मलाई उहाँ दाङ, पाल्पा, बुटवलमा विहे भएर गएका पाँच जना छोरीहरुको सम्झना आयो । लाग्यो पाँच जना छोरी मध्ये एकजनाले त ति बुढा आमा बा को हेरचाह र रेखदेख गर्नु पर्ने थियो । तर उहाँहरुको पनि आफ्नै बाध्यता र कठिनाई थिए होलान् त्यसैले त आफुलाई जन्म दिने बुवाआमालाई त्यसरी एक्लै छोड्नु परेको होला भन्ने पनि नलागेको होईन । मलाई कता कता ति आमाबाका छोरीहरु सम्झेर रिस उठ्यौँ मनमनै गाली पनि गरे ।
हुन त छोराले भन्दा धेरै स्याहार सुसार र माया दिएर सँगै राखेका छोरीहरु पनि त हाम्रो समाजमा थुप्रै छन् नि ।
 उनीहरुले आफ्नी आमालाई कहिले छोराको अभाव हुन दिएका छैनन् । मलाई यहाँ मेरै फुपुको कुरा गर्न मन लाग्यो । सरकारी कर्मचारी त्यो पनि ठुलै ओहोदामा रहेका मेरा भान्जदाजु जस्लाई एउटी आमा निकै बोझ भयो तर तिनै भान्जिदीदि जसले रातदिन नभनी आमाको स्याहार सुसारमा आफुलाई लगाईरहन्छिन् । हरेक समय आमाको खुसीलाई जिवीत राख्न र छोराको आवश्यकता महसुस हुन नदिन लागि पर्छिन ।
जुन छोरालाई छोरीलाई भन्दा सधैँ धेरै महत्व दिईन सधैँ छोराकै लागि भनेर आफ्नो पसिना बगाई, जुन छोराका लागि आफु भोकै बसिन् ति आमा जसलाई अब छोराको साहाराको आवश्यकता प¥यो तब छोराले सबै कुरा बर्सेर आमालाई एक्लै छोडेर शहर पसे । तर छोरी जो सधैँ दाईको अगाडि ओझेल परिन उनले आमाको दुखमा हरेक पलपल साथ दिईन । आमाको हरेक पिडालाई आफुले लिईन र आमाको आँखाबाट कहिले पनि आँशु झर्न दिईनन् । अब मेरी फुपुलाई छोराको कुनै आवश्यकता छैन । भेटमा भन्छिन् छोरा छैन, अब मलाई कस्ले हेर्छ भनेर पिरोलिनु बेकार छ । म अहिले एकदम खुसी र सुखी छु ।
ति बाआमाको कुरा सुन्दा मलाई मेरी फुपुको निकै सम्झना भयो । मैले निकै सम्झिए पाल्पाको एउटा गाँउबाट काठमाडौँको सुखसयलमा छोरीसँग बस्दै गरेकी मेरी फुपुलाई । जो छोराको कारणले गाँउमा सधैँ रोएर रात विताउने गर्थिन ।
मलाई आफु छोरी भएर जन्मन पाएकोमा सधैँ एकदमै गर्व लाग्थ्यो । सधँै भन्ने गर्थे छोरीले बाआमाको सम्बेदना र भावनालाई बुझ्छ । आमाबाको दुखमा साथ दिन्छ भनेर । तर ति बाआमालाई भेटे पनि र उहाँहरु कुरा सुने पछि लाग्यो कतै म पनि आफ्नो घर परिवार र सन्तानको हेरचाह गर्ने नाममा आफ्ना आमा बालाई त विर्सने हैन, कतै ति बुढा आमाबाले बुढेसकालमा विताउनु परे
को एक्लोपन र महसुस गर्नु परेको जस्तै मेरा बाआमाले त गर्नु पर्ने हैन भनेर मन भित्रभित्रै पोल्न थाल्यो । मनमा अनेक किसीमका कुराहरु खेलाउदै हामी (म र मेरो साथी) बस भएको ठाँउमा आईपुग्यौँ । ति आमाबाबाट विदा मागेर आएको धेरै समयसम्म पनि मेरो मनमा त्यहि बाआमाको कुराहरु मनमा आईर¥यो । छोरा भनेको छोरै हो रै बा भनेर ति आमाले आँखाभरी आँशु पारेर भनेको कुरा पछि
सम्म पनि चलचित्रको दृष्य जस्तै एकपछि अर्काे गर्दै आउन थाले । के साच्चिकै ति बुढा आमाबाको आँशु पुछ्न, एकान्त र बुढेसकालको साहारा टुटेको छोरा नभएर नै हो त ? के साच्चै छोरीले विहे पछि आमाबालाई केही गर्नै सक्दैनन् र ? कि त विहे पनि गर्नै मिल्दैन ?
बुवाआमालाई बुढेसकालमा साहारा दिने काम त छोरा होस् या छोरी दुबैको हो । आफुलाई हरेक समयमा साथ दिएर पढाउने बढाउने बुवाआमालाई जस्तो सुकै अबस्थामा हेर्नु पर्ने दायित्वबाट विभिन्न बाहानामा पछि हट्न मिल्छ र ?

No comments:

Post a Comment