Wednesday, December 18, 2013

दिवस र छोरी





एकाविहानै आमाको अलि ठुलो आवाजले मलाई एक्कासी झस्कायो
आमा ः नानी हैन तँ महिनाबारी हुने समय त गैसक्यो नी हैन र ?
म ः हो आमा
आमा ः तेरी भाउजु त भै सकि त ... तँ खै किन अहिलेसम्म नभएकी हँ
अब के गर्ने कसरी आमालाई मेरो महिनाबारी रोकिएको छ भनेर भन्नु अलमलमा परेँ म । झुट बोल्नु भन्दा अर्काे कुनै विकल्प थिएन मसँग
म ः अस्ती मामाघर गएको बेलामा भयो आमा, त्यहि भएर छ दिन उतै बसेको म, फेरी यसपाली त २८ दिन मै भयो
आमा ः ए..
आमाको ए...ले मलाई ठुलै राहत मिल्यो । हतार हतार कोठामा गएर ऐना अगाडि बसेर आफुलाई नियाले । अनि फोन निकालेर डायल गर्न थाले दिवसलाई, दिवसलाई खुसीको कुरा सुनाउनको लागि मलाई धेरै दिन देखि हतार भैरहेको थियो । तर हरेक समय हरेक पल उसको फोन माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वीच अफ गरिएको छ वा त सम्पर्क हुन सकेन बाहेक अर्काे कुरा मैले सुन्नै पाईन ।
यो पहिलो महिना त मैले आमालाई मामाघर गाको बेला महिनाबारी भयो भनेर टारे तर अरु आठ महिना कसरी टार्ने, विस्तारै बढ्दै आउने पेटलाई परिवार र समाजबाट कसरी लुकाउने भन्ने पिरले सताउन थाल्यो ।
दिवस जसरी पनि मैले मेरो मायाको चिनोलाई यो संसारमा ल्याउनु नै थियो र आशा पनि थियो म त्यो काम गर्न सक्छु जुन कामको लागि तिमीले मलाई पुरा साथ दिनेछौँ भनेर ।
हेर न दिवस अब त मेरो दैनिकी नै भैसकेको थियो विहान बेलुका राती, यति मात्रै के भन्नु र चौविस घण्टा मोवाईल हातमा लिएर तिम्रो हरेक नम्बरमा फोन गर्नु, तर तिम्रो फोन लाग्ने नामोनिसाना केही थिएन । मलाई छोडेर गएको पनि झण्डै एकमहिना पुग्न लागेको थियो । हरेक समय तिम्लाई सोचेर विताउनु मेरो दैनिकी बनिसकेको थियो । तिमी तर पनि सबै कुरा विर्सेर अब म आफुलाई आमा कसरी बनाउने भन्ने कुरामा आफुलाई बढि केन्द्रित गर्न थाले ।

मेरो पेटमा भएको मेरो मायाको चिनारी विस्तारै बढ्दै थियो । मैले परिवार विशेषगरी आमालाई मेरो बढेको पेट लुकाउनु थियो । धेरै जाडो नभए पनि मैले सल ओडेर हिड्ने गर्न थाले । अनि हरेक महिनामा महिनाबारी भयो भनेर चारदिन सम्म आफुलाई भान्साकोठा र पुजाकोठाबाट अलग राखे ।

दुई महिना तिन महिना हुदै मेरो बच्चा नौँ महिना पुग्न लागेको थियो । अब नपत्याउदो तरिकाले मेरो पेट ठुलो भएको थियो । मलाई कसैले सोध्यो भने के भन्ने, भन्ने कुराको कुनै ज्ञान थिएन । एकदिन राती सुत्ने बेला भाउजु मेरो कोठामा पानी पु¥याउने बाहानामा आएर सोधपुछ गर्न लाग्नु भयो । एकमनले त सबै कुरा भनौँ जस्तो लाग्यो तर ह्याा भाउजु पनि नचाहिने संका गर्नु हुन्छ भनेर टारे ।

अब भने मलाई एकदमै डर लाग्न थालेको थियो । हरेक समय म तनाबमा हुन थालेको थिए । मलाई केही भयो भन्ने कुरा मनमा खेलिरहन्थ्यो । श्रीमान परिवारको साथ पाउदा त कति गाह्रो हुन्छ गर्भबती भएको बेलामा । म त कसैलदाई थाहा नदिएर लुकिछिपी लगाएको मायाको उपहारलाई जन्माउने प्रयत्न थिए, जुन कुरा दिवसलाई पनि थाहा थिएन या त थाहा पाएर पनि उसले वेवास्ता गरेको थियो । तरपनि दिवसलाई सम्पर्क गर्ने प्रयास जारी राखेको छु

नौ महिनापछि फेरी मेरी आमाको कडा स्वर विस्ताराबाट नउठ्दै सुने
आमा ः हैन ए नानी त आजभोली कति अल्छि भएकी हँ, काम गर्ने खाने सबै कुराबाट भाग्न खोज्छेस्, छोरी मान्छे यसो चाडै उठ्नु घरधन्दामा सघाउनु केही छैन, छिटो आईजा उठेर ।
आमाले आफ्नो कुरा सक्नु भएछ क्यारे बोल्नु भएन । अनि म पनि उठ्न खोजे तर कता कता शरिर एकदमै थाके जस्तो, कतै दुखे जस्तो भयो । विस्ताराबाट उठ्नै सकिन ।
लौ न मलाई त प्रसब व्यथा लागे छ कि क्या हो, एकदमै गाह्रो पो भयो , पेट पनि दुखिरहेको छ । अनि गुप्ताङ्गबाट खै यो के चिल्लो चिल्लो पानी पनि आईरहेको छ, लौन के गर्ने अब, कस्लाई भन्ने, मलाई एकदमै छटपटि भयो । एकपटक दिवसलाई सम्झेर भक्कानीएर रुन मन लाग्यो । सिरकलाई अंगालो हालेर बेसरी रोए । तर रोएर के गर्नु । सबैको अगाडी नौँ महिनासम्म लुकाएर राखेको सत्य अगाडी आउदै थियो । मलाई अरु कसैको डर थिएन, डर थियो त आफैँसँग अनि डर थियो मेरी आमासँग, जसको आवाज सुन्दै म थरररर हुन्थे । कसरी सामना गर्नु आमालाई ।

प्रसब पिडा खप्न नसकेर म बेसरी नै कराएछु, तल्लो तलाबाट आमा र भाउजु आउनु भयो । भाउजुलाई पहिलेदेखि नै दिवससँगको मेरो सम्बन्धको बारेमा थाहा थियो त्यसैले केही दिन अगाडी संका लागेर सोध्नु पनि भएको थियो , तर मेरी आमालाई आफ्नी कुमारी छोरी आमा बन्दैछे भन्ने कुराको थाहा थिएन । आमा एकदमै अनविज्ञ हुनुहुन्थ्यो । म चिच्याएर रोएको देखेर आमा आत्तिनु भयो र भाउजुलाई तातो पानी ल्याएर आईजा भन्नु भयो । भाउजुको संका अब सच्चाईमा बदलिसकेको थियो उहाँले आमालाई मलाई अस्पताल लैजान आग्रह गर्नु भयो । कठै मेरी आमाले अलिकता पेट दुख्दैमा मलाई किन अस्पताल लैजान मान्नु हुन्थ्यो र मान्नु भएन तर पनि भाउजुले मनाएरै छोड्नु भयो ।

अस्पतालको बेडमा म प्रसव पिडाले छटपटिरहेँ । आमालाई भित्र पस्न दिईएन । पिडा खप्नलाई म भगवान पुकारी रहेँ, भनिरेहँ मेरो बच्चा स्वस्थ जन्मोस भनेर प्राथना गरीरहेँ, गरिरहेँ । एक्कासी बच्चाको च्यााा ले मलाई संसारको सारा खुसी दियो । पिडा भुलेर उठेर हेर्न मन लाग्यो मेरो मुटुको टुक्रालाई । हेरे, छोरी रैछे, दिवसले जे चाहेको थियो त्यहि उजस्तै राम्री रैछे । डाक्टरले मलाई को छ तपाईको भनेर सोधेपछि मैले आमा भनेर बाहिर ईसारा गरे । मैले सोचे जसरी मैले मेरो सन्तानलाई जन्म दिदा मेरो ममता छताछुल्ल भएको छ त्यसरी नै खबर सुनेर मेरी आमाको पनि ममता छताछुल्ल हुन्छ होला, कुद्दै भित्र आएर मलाई सुमसुम्याउदै कस्तो छ भनेर सोध्नु हुन्छ होला भनेको त आमा अस्पताल बाहिरै मलाई तथानाम गाली गर्न थाल्नु भयो ।

म अन्यौलमा थिए अब कहाँ जाने के गर्ने, भर्खर जन्मिएकी मेरी अबोध छोरीलाई मैले के भन्ने, कस्लाई आफ्नो भन्ने कस्लाई पराई भन्ने केही कुरा दिमागमा घुसेन । एउटै आशा बाँकी  थियो मेरा लागि, मेरी भाउजु । तर उनले पनि मलाई अस्पतालबाट घर लैजाने कुरामा कुनै चासो देखाईनन् । छोरी अस्पलातको बेडमा घाँटी सुक्ने गरी रुदै थिई, मैले होस नै गुमाएछु क्यारे सुन्दै सुनिन्, सबैले लात हानेर गएपछि कसरी सुन्नु छोरी रोएको । थाहा छ दिवस त्यति बेला तिमीलाई निक्कै  सम्झिए, तिमी कहाँ थियौँ के गर्दै थियौँ केही थाहा थिएन । तिमी अब आउदैनौँ थाहा भैसकेको थियो मलाई र पनि तिम्लाई सम्झिन मन लाग्यो ।

छोरीलाई दुध खुवाउदा खुवाउदै खै कति बेला निदाएको रैछु, कसैले छोए पछि ब्युझिए । यसो हेरेको भाउजु र आमा मेरो बेड नजिकै उभिनु भएको रैछ । आमालाई हेर्नै सकिन डरले, एकशब्द नबोलेर छोरीको सानो औला सुम्सुम्यादै बसिरहे । आमाले उहि रुखो स्वरमा भन्नु भयो “घर जान उठ अब” विश्वास नै लागेन एकछिन अगाडीसम्म तथानाम गाली गर्ने मेरी आमाले मलाई साच्चिकै घर जानलाई उठ भनेकी हुन की यत्तिकै थाहै पाउन सकिन । भाउजुलाई यसो हेरेको भाउजु डराएका तर चम्किएका आखाले मुसुक्क हाँस्दै मलाई आमाले घर जाने स्वीकृति दिएको कुरा भन्दै हुनुहुन्थ्यो । मलाई एकदमै खुसी लाग्यो । आमाले नै स्वीकार गरिसकेपछि अब मलाई कसैको डर थिएन । म घर जानको लागि तयार भए र आमा र भाउजुको अगाडि लागेर घर गए । घरमा बुवाले पनि कुनै किसीमको प्रतिकार गर्नु भएन । गाँउलेको मुख थुन्ने काम आमाले नै गर्नु भएको थियो तर पनि उनिहरुले भन्न भने बाँकी राखेका थिएनन् । मलाई अब कसैको कुराले कुनै असर गर्दैनथ्यो । बानी परिसकेको थियो मलाई ।

तिम्लाई थाहा छ दिवस, तिमी विना पनि मैले हाम्रो...हैन हैन मेरो छोरीलाई राम्रोसँग हुर्काईहरको छु । अहिले त उ नर्सरीमा पढ्ने भैसकि । भर्खर बोल्न सिक्दा त बाबा खै भनेर हैरान गरी तर अहिले उसले बुझीसकेकी छे कि उ बाबु विनाको छोरी हो, म नै उसको बाबा र मामु दुबै हो भनेर । बोल्ने बेला एकपटक मामु र एकपटक बाबा भनेर बोलाउछे मलाई । दिवस अब मलाई तिमीसँग कुनै कुराको आशा छैन र तिम्रो आवश्यकता पनि छैन । तिमीलाई सम्झेर कुनै दिन, कुनै पल एकदमै रोए, कराए, अत्तालिए । तर अब तिम्रो लागि म न त कहिले दुखी हुनेछु न त कहिले रुनै नै छु ।

कस्तो विर्सिएछु यो सबै त मैले तिमीलाई धन्यवाद दिनको लागि पो लेखेको हो त । तिमीले बेहोसीमै भए पनि मेरो लागि मेरो जीवनको सबैभन्दा महत्वपुर्ण कुरा मेरी छोरी मलाई दियौँ । दिवस तिमीलाई त थाहा छ या छैन छोरीको कुरा तर पनि कसैले तिमीलाई सुनाएको छ या त तिमी भेष बदलेर मेरो र मेरो छोरीको खुसी टुलुटुलु हेर्दैँ छौँ भने तिमीले अबश्य पनि देखेको हुनु पर्छ संसारको सबैभन्दा धेरै खुसी र भाग्यमानि म र मेरी छोरीलाई ।

दिवस फेरी पनि तिमीलाई धेरै धेरै धन्यवाद । हुन त अरुले हेर्दा र देख्दा अथवा सुन्दा तिमी धन्यवादको लायक छैनौँ । किनभने एउटा नारीलाई दुईचार दिनको माया देखाएर आफ्नो स्वार्थ पुरा गरेर हिड्ने मान्छेलाई यो समाजले कहिले राम्रो भन्दैन र भन्नु पनि हुदैन । तर मैले भने तिमीलाई अब कहिले पनि नराम्रो ठान्ने छैन । मेरो आमा हुने अधिकारलाई तिमीले पुरा गरिदिएका छौँ । त्यसैले पनि बारबार तिमीलाई धन्यवाद भनिरहेको छु ।

दिवस म अहिले एकदमै खुसी छु । मेरी छोरी खुसी छे । मेरो परिवार खुसी छ र मेरो सिंगो समाज खुसी छ । श्रीमान विना श्रीमतिले केही गर्न सक्दैन भन्ने मानसिकतालाई मैले सहजै तोडेको छु, र त्यो तोड्नको लागि परम्परागत र अन्धविश्वासले सिकार भएकी मेरी आमाले सहयोग गरिन र त्यसमा साथ दियो परिवार र समाजले । दिवस तिम्रो पनि त सपना थियो नि एउटी राम्री छोरीको । त्यो सपना अब पुरा भएको छ । तिमीले सधैँ भन्ने गरेकी छोरी मेरो काखमा लुटपुटिएकी छे, उसलाई मेरो काखमा लुटपुटिन एकदमै मन पर्छ, तिमीलाई पनि त मेरो काख जस्तो प्यारो अर्काे कुनै कुरा थिएन नी हैन र ? त्यहि भएर पनि होला सायद छोरी पनि यस्ती भएकी । दिवस कति सुनाउनु तिमीलाई मेरो खुसीको कुराहरु मात्रै, तिमी जहाँ छौँ जोसँग छौँ जस्तो अबस्थामा छौँ सधैँ खुसी र सुखी रहनु ।

छोरी बढ्दै गएकी छे । दिवससँग अझै सम्पर्क भएको छैन ।



4 comments:

  1. भाषा प्रस्तुती राम्रो छ । छोरि सुत्केरी हुने अवस्थासम्म आमाले थाहा नपाएको प्रसंग पचेन, त्यसलाई पुर्नलेखन गर् ।

    ReplyDelete
  2. ya, similar suggestion as of Tanka ... nice one ... bring it more :)

    ReplyDelete
  3. :) Thank u so much .... maela veteko 2 jana ko katha ko patra kai jasto abastha thiyo tyahi vayar lekheko thiya ....anyway thank u so much Sab.Sing'

    ReplyDelete