–“हेल्लो, सुन न, तिमीहरूको त पहिलो भ्यालेन्टाइन्स डे, के छ प्लान ?”
–“के प्लान हुनु, हाम्रो त हरेक दिन भ्यालेन्टाइन्स डेजस्तै छ ।”
–“त्यही पनि केही त होला नि, किन ढाँट्नु प-यो ?”
–“अचम्म छ, यसमा ढाँट्नु पर्ने लुकाउनु पर्ने र देखाउनु पर्ने के छ र ? बिहे गरेको चार महिना चलिरहेको नयाँ जोडीको हरेक दिन भ्यालेन्टाइन्स डे नै त हुन्छ !”
–“एक अर्कालाई माया गर्न कुनै कसर बाँकी राखिँदैन, झगडा पर्छ त केवल कसले धेरै माया गर्ने भन्ने विषयमा ।”
......
सोध्नेलाई कुरा बुझाउन सकिनँ । अनि भने, "अँ स्पेसल नै छ ।"
मोबाइलमा मेसेज आयो । हेरेँ, साथीको रैछ ।
“के छ केटी प्लान ? आज त तिमीहरुकै दिन हो ।” मेसेजमा थियो ।
“किन तेरो हैन र ?” लेखेँ ।
फेरि, वाइफाई कनेक्ट हुनेबित्तिकै भाइबर ग्रुपमा मेसेज आयो, “आज त उसलाई मस्ति होला, हामीलाई मेसेज रिप्लाई गर्ने फुर्सद पनि छैन ।”
सबैको एउटै किसिमको जिज्ञासा देखेर अचम्म लाग्यो । सबैले मलाई नै किन ताकेका होलान् जिस्काउन । त्यही पनि लौ न त भनेर छोडिदिएँ ।
यसो सामाजिक सञ्जालका भित्ता हेर्न मन लाग्यो, फेसबुक, टुइटर इन्स्टाग्राम सबैतिर हेरेँ, जताततै जोडीहरूको फोटो, पोस्ट ह्यान त्यान । बिहे भैसकेकाहरूको आ–आफ्ना श्रीमान् श्रीमतीको फोटो, नभएका तर प्रेमी–प्रेमीका भएका, सबैका अगाडि देखाउन नमिल्नेले फिलिङ लभ भन्दै प्रणय दिवसको कामना गरिरहेका ।
म पनि के कम र, मनमा लागेको पोस्ट गरिदिएँ ।
यो एकदिनलाई मात्रै, किन यति महत्व दिन्छन् मान्छे ? म हरेक प्रणय दिवसमा यो कुराको बारेमा निकैबेर घोत्लिन्छु तर बिना कुनै निष्कर्ष यो दिन सकिन्छ । अनि म अर्काे प्रणय दिवससम्म त्यसको उत्तर खोज्ने प्रयास गरिहरन्छु । तर निरर्थक हुन्छ प्रयास ।
केही दिनअघि एकजना साथीले भन्यो, “यसपाली त मेरो भ्यालेनटाइन डे पनि गज्जब हुने भयो ।”
मैले सोधेँ “किन ?”
ऊ पनि रिलेसनमा भएछ, गलफ्रेन्ड बनाएछ । उसको कुरा सुनेपछि मैले उसलाई बधाई दिएँ । यति भनेर म पन्छिन खोज्दै थिएँ तर ऊ आफ्नो कुरा सुनाउन बाध्य पार्दै थियो मलाई ।
बाध्य भएर म उसको कुरा सुन्न थालेँ । सुन्ने मात्रै हैन अचम्मै परेँ, गर्लफ्रेन्डलाई दिने गिफ्टको कुराले , आम्मामा कति धेरै गिफ्ट ।
“यति धेरै खर्च किन ?” जान्न मन लाग्यो ।
उसको सहज उत्तर थियो, “उसलाई खुसी पार्न, मैले माया गर्छु भनेर विश्वास दिलाउन ।”
उसको उत्तरले म अवाक भएँ ।
के प्रेम दर्शाउन उपहार चाहिन्छ ?
के उपहारले प्रेममा विश्वास दिलाउँछ ?
अलि अगाडि अफिसमा आफ्नो टिमसँग ठूलै छलफल भयो, प्रेम दिवसलाई लक्षित गरेर बनाउने कार्यक्रमका क्रममा । प्रेम व्यक्त गर्न प्रेम दिवस चाहिँदैन भन्ने एउटा पक्ष थियो भने चाहिन्छ भन्नेमा अर्का पक्ष । लाग्थ्यो यो छलफल टुंगिदैन, तर जसो तसो टुंगियो ।
सबैजना आ–आफ्नो ठाँउमा सही थिए । र, म पनि आफ्नो ठाँउमा सही थिएँ ।
हो, प्रेम व्यक्त गर्न कुनै दिवस कुर्नु पर्दैन, आफ्नो मनको कुरा व्यक्त गरे हुन्छ ।
तर, यदि माया गर्न दिवस नै नचाहिने भए किन मनाइन्छ त प्रणय दिवस ? यसको महत्व हुँदैनथ्यो भने, इश्वी सम्वत २६९ मा रोमनबाट औपचारिक रूपमा सुरु भएको प्रणय दिवस किन आजसम्म मनाइन्छ ? किन आजसम्म यसको महत्व छ ?
हामीले सहिदलाई हरेक पल सम्झन्छौँ तर किन माघ १६ गते सहिद दिवस भनेर सहिदको सम्झनामा दियो बाल्छौँ ?
आमाको तस्बिर हरेक छोराछोरीको मुटुमा छापिएको हुन्छ, हरपल याद आइरहन्छ, तर किन मातातीर्थ औशीँको महत्व विशेष हुन्छ ?
...त्यसैले, माया व्यक्त गर्न विशेष दिन चाहिन्छ ।

HAPPY VALENTINE'S DAY !!! |

No comments:
Post a Comment