आज फेरी मैले उसलाई सपनीमा देखे
मायाको भिख माग्दै गरेको
रुदै गरेको, चिच्याउदै गरेको
तर,
तर मलाई उसको चित्कारले कुनै फरक पारेन
पहिले जसरी
उसको रुवाईले मन विचलित भएन
भयो त केवल घृणा उत्पन्न
छि भन्न मन लाग्यो उसको आँशुलाई
धिक्कार्न मन लाग्यो उसको रुवाईलाई
धेरै अघि
धेरै अघि, म पनि उसरी नै रोएको थिए
मागेको थिए मायाको भिख
मायाको बदला माया मागेको थिए
खुसीको बदला खुसी मागेको थिए
तर
तर, उसले चोटमाथि चोट दियो
पिडा माथी पिडा दियो
हरेक पल आँशु दियो
बद्नामी दियो
हो,
हो त्यहि मान्छे आज फेरी सपनामा आयो
र माग्यो मायाको भिख
तर,अब त म मुर्ख छैन
अब त अन्धो छैन
अब त म नसुन्ने छैन
उसको आँखामा भएको स्वार्थीपन
प्रष्ट देख्न थालेकी छु
उसको झुट प्रष्ट देख्न थालेकी छु
त्यसैले
त्यसैले आज फेरी पनि फरक पारेन मलाई उसको चित्कारले
उसको आँशुले
किनकी
किनकी, म त उ विना,एक्लै धेरै खुसी छु ।
No comments:
Post a Comment