Monday, October 8, 2012

बिर्सन नसकेको त्यो दिन

मेरो हरेक दिनको स्कुलको ब्रेक टाईम पुस्तकालयमा वित्थ्यो । किताव, पत्रपत्रिका पढ्न आउनेहरुलाई उनीहरुले भनेका किताव, पत्रपत्रिका दिनु र पुस्तकालयको व्यवस्थापन गर्नु सरसँग छलफल गर्नु, कहिले जुरेस ( जुनियर रेडक्रस सर्कलको) को बारेमा कहिले पुस्तकालयको बारेमा । साथिहरु कति पटक रिसाएर बोल्न छाडेका थिए । कारण थियो म उनीहरुसँग खाजा खान गईन । सानि सानि फुच्चि थिए सबैले माया गर्थेँ । फुच्चि नै भए पनि मलाई स्कुलले ठुलै जिम्मेवारी दिएको थियो । करिव करिव २सय पुस्तक भएको पुस्तकालय मेरै जिम्मामा थियो । म पनि आफ्नो जिम्मेवारी राम्रैसँग पुरा गरिरहेकै थिए । म सबैलाई समान रुपमा व्यवहार गर्थै । स्कुलमा हुने हरेक क्रियाकलाप मा सहभागी हुन्थे ।
एकदिन म पुस्तकालयमा बसेर मन उपन्यास पढ्दै थिए ... मलाई बाहिरबाट कसैले बोलाउदै रहेछ । म त्यो किताबमा यति मग्न भएको रैछु उसले धेरै पटक सविता भनेपछि मैले थाहा पाए । अनि उसले हिमाल पत्रिका माग्यो मैले पनि हिमाल पत्रिका खोजेर दिए । समय पनि सकिन लागेको रैछ मैले हतार हतार पुस्तकालय बन्द गर्न लागेको थिए त्यतिनै बेला उसले नजिकै आएर सविता यो छुट्टै राखिदेउ ल म भोली पनि यै पढ्छु । ओ हो भैहाल्छ नी भन्दै मैले त्यो पत्रिका बाहिरैबाट भित्र हुर्याए अनि छिटो छिटो ढोका अगाएर दौडिदै कक्षा कोठा तिर लागे । कक्षामा पुग्दा हरि सर आईसक्नु भएको रहेछ । म सरलाई सोधेर भित्र पसे ।
बेलुका चार बजे स्कुल छुट्टि भयो हामी सबै जना घर फर्किन लाग्यौँ । मेरो घरबाट स्कुल पुग्न करिव ४० मिनेट जति लाग्थ्यौँ तर फर्किदा भने झण्डै एक घण्टा भन्दा बढी नै लाग्थ्यौँ । म, मेरो साथि सरस्वती र मेरो दिदी( ठुलो बुवाको छोरी ) गफ गर्दै आउदै थियौँ सरस्वतीको घर जाने बाटो पनि आईपुग्यो । त्यसपछि हामी म अनि मेरो दिदी हिडिरहेका थियौँ । हामी घर नजिकैको सानो बजार पुग्दा म सँगै पढ्ने मेरा साथिहरु बस कुरेर बसेका रहेछन् । सरीता ( मेरो साथि ) ले मलाई हामी जाने बस आउछ अनि घर जा न तेरो घर नजिकै छ भनि मैले पनि उसको कुरा काट्न सकिन किनकी मेरो घर त्यही सानो बजारमै थियौँ । त्यतिकैमा प्युठान सदरमुकामबाट काठमाडौँ जाने बस ( रा १ ख ५८३० ) आईपुग्यो र केहि माथि पि.सि.ओ नेर रोक्यो । सबै साथिहरु हुरुरुरुरु दौडिदै बस भए तीर गए म यात्रु प्रतिक्षालयबाट बाहिर निस्केर के दौडेको बस त यहि आईहाल्छ नी भन्दा नभन्दै उनीहरु पुगिसकेका थिए । कति बसको छतमा चढेँ, कति सकि नसकि भित्र पस्दै थिए बस चल्न थाल्यो । अन्तिममा रहेका दुईजना सरिता र टेमराज ढोकामै झुण्डिएका थिए बसका खलासी ( सहचालक) ले दुवैको हात फुस्काईदियो र लात्ताले हानेर भुईमा लडाईदियो अलि पर उछिटिइएकी सरितालाई घोँडामा सामान्य चोट लाग्यो तर टेमराज..........
टेमराजलाई त्यो निर्दयी खलासीले धकेलेर हुत्याउदा उ बसको पछाडिको चक्का तल खस्न पुग्यो .... अनि भित्र उस्को आफ्नो गुरु (चालक) लाई मैले एउटा केटालाई लात्ताले हानेर खसाले चक्का तल खसे जस्तो लाग्यो हामी छिटो जाउ भन्न पनि भ्याईसकेछ । म हत्तारिदै बस रोकिएतिर हानिए ... कम्मर देखि तलको भाग बसको चक्काले किचेर क्षतविक्षत भएको थियो रगतले लतपतिएको उसको शरिर देखेर म अवाक भए अनि चिच्याए टेमराज.............. । उसको टाउको उठाएर काखमा लिए अनि कराउदै सबलाई बोलाए । एकैछिनमा त्यहा मान्छेहरु आए.... अनि उस्लाई उचालेर नजिकैको राप्ति मेडिकलमा पुर्याए..... मेरो दिमागले केहि काम गरेन म के गरौँ र कसो गरौँ भए .... अनि कसरी कसरी बस रोक्नलाई दौडिए तर बसमा रहेका साथिहरुले केहि तल पुगेर बस रोकेका रैछन् । बस फर्केर आयो र जुन ठाउमा किचेको थियो त्यहि ठाउमा आएर रोकीयो । सबै साथिहरु मेडिकल भित्र अटाई नअटाई टेमराजलाई हेर्ने गए तर मलाई उसको अनुहार हेर्ने हिम्मत नै आएन आओस् पनि कसरी एकछिन अगाडिको मेरो साथि अहिले कस्तो भएको थियो ...... । बसको नम्बर विर्सिएला भनेर मैले मेरो कपि खोजे तर खै कहाँ थियो थाहा नै भएन अनि स्कटको गोजीमा दश रुपैया रैछ त्यसैमा बसको नम्बर नोट गरे ..... । अनि मैले एकजना अंकललाई एम्बुलेन्स बोलाउन फोन गर्न भने अंकल गएर फोन गर्नु भयो तर नजिकको एम्बुलेन्स विरामी लिन गएको रैछ ... अव के गर्ने सोच्नै सकिएन अनि बुटवल फोन गरेर एम्बुलेन्स बोलाईयो ..... घरमा खवर गर्न कमल लगायतका केही साथिहरु टेमराजको घर ( गनाहा) गए .... । अनि मैले ददेरी घर भएका हरुलाई घरमा आत्तिनुहुन्छ तिमीहरु घर जाओ म यहा सब सम्हाल्छु भनेर पठाउने प्रयास गरे तर उनीहरु जान मानिरहेकै थिएनन् जवरजस्ति भएपनि उनीहरुलाई घर पठाए .... त्यतिबेला राती आठ बज्न लागिसकेको थियो । त्यत्तिकैमा एकजना बहिनी (कमला) दिदी तपाई उता मेडिकल जानु रे टेमराज दाईले बोलाउनु भएको छ भनिन् तर....तर मलाई किन हो कुन्नि उस्लाई हेर्ने आट नै आएको थिएन.... बसका यात्रुहरु बस छोडिदेउ भन्दै कराउदै थिए त कोही हामी काँ बस्ने के खाने भन्दै थिए.... तर मलाई उनीहरुको कुनै कुराको वास्ता थिएन .... त्यत्तिकैमा मेरो दाई आएर नानी तेरो स्कट भरी रगतै रगत लागेको छ जा घरमा गएर अर्काे कपडा लगा अनि खाना पनि खाएर आईजा भन्नु भयो... हुन त दाईले भनेको पनि ठिकै हो तर मलाई त्यो कुरा सुन्नै मन लागेन ... यसो हेरेको मेरो स्कुलको स्कट साच्चिकै रगतले लतपतिएको रैछ..... त्यो रगत मलाई रगत लागेन उसको मिठो बोली र माया लतपतिए जस्तो लाग्यो .... मलाई त्यो लुगा समातेर रुन मन लाग्यो तर आफुलाई सम्हाले र टेमराजलाई राखिएको ठाउमा गए .... त्यहाँ मेरो आमा लगाएत गाउका अन्य थुप्रै हुनुहुन्थ्यो.... म उसको नजिकै गएर बसे उसले मेरो हात समातेर सबिता त्यो खलासीलाई मलाई जसरी खसालेको थियो त्यसरी नै खसालेर किचेर मारिदेउ भनेर रुन थाल्यो .... म केहि बोल्न सकिन अनि फेरी उस्ले मलाई दुध र भात खान मन लाछ भन्यो मैले मेरो घरमा दुध र भात ल्याईदेउ भनेर खै कस्लाई पठाए थाहै पाईन .... . मेरो साथि हात समातेर रोईरहेको थियो भन्दै थियो मेरो आमाले मलाई खाना पकाएर मेरो बाटो हेर्दै होलीन भन्दै रुन थाल्यो अनि मैले उस्लाई सम्झाए । तर उ खाली आमाको कुरा गर्दै थियो .... त्यस्तो अवस्था हुदा सम्म बोल्न छोडेको थिएन ... मैले दुध र भात खुवाउन लाग्दा डक्टरले भात नखुवाउ भनेको थियो तर उ भने साना ेबच्चा जस्तो दुध भात खाने भनेर जिद्धी गर्दै थियो अनि मैले विस्कुट र दुध खान दिए ... त्यति नै बेला बाहिर एम्बुलेन्स कराउदै आयो तर त्यो हाम्रो लागि आएको रहेनछ ... प्युठान बिरामी लिन जान लागेको रैछ तर हामीले सबै कुरा बताएर त्यहि एम्बुलेन्स फर्काएर टेमराजलाई राखेर बुटवल लग्यौँ ...
मैले कहिले पनि आँखाले त्यस्तो घटना देखेको थिईन तर .... आफ्नै आखाले आफ्नै साथि आफ्नै काखमा देख्दा म कसैसँग कुनै सम्झौता गर्ने पक्षमा थिईन... मलाई कसैको कुरा सुन्न मन लागेको थिएन । मलाई कतिबेला टेमराजलाई बुटवल पुर्याएर अलि ठिक भएको खवर आउछ भनेर कुरेर बसीरहेको थिए..... यता उता गर्दै रात वितेको थियो । विहान दाईले नानी आमा विरामी हुनुहुन्छ एकछिन घर जाउ भन्न आएपछि बल्ल म घर गए । अनि तिनाउ एफ.एम सुन्दै खाना बनाए । विहान साढे सात बजेको समाचारमा टेमराजलाई अलि ठिक भएको भन्यो । मेरो मन खुसीले फुरुगं भयो । हतार हतार खाना बनाए अनि आमा बुवा र दाईलाई खाना खान दिए र लुगा लगाउन माथि कोठामा गए । लुगा लगाउदै थिए तिनाउ एफ.एम को विहान साढे नौ बजेको समाचारमा टेमराजको मृत्यू भएको कुरा सुने... म अवाक भए के गरु र कसो गरु भयो चिच्याएर रुन मन लाग्यो जति गर्दा पनि मेरो साथि बचेन । म कोठामा बसेर रुन थाले मलाई स्कुलको लुगा लगाउने मन लागेन । यत्तिकैमा घर तल बाटो विद्यार्थीको जुलुस नै निस्केको थियो भन्दै थिए हत्यारालाई फसी दे...

No comments:

Post a Comment